‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही फरार भएकी छन् । ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो ।
अदालतले इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएकी हुन् । पक्राउ पुर्जी जारी भएलगत्तै उनी सम्पर्कमा नरहेको र खोजी जारी रहेको ललितपुर प्रहरी स्रोतले जनायो । यसअघि, प्रहरीले शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाललाई समेत पक्राउ गरिसकेको छ ।
एक जना जग्गा व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेको घटनामा इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएपछि शाहीलाई निलम्बन गरिएको छ । व्यवसायीसँग ३० लाख रुपैयाँ असुली गरेको घटनाबारे छानबिन गर्न बनेको समितिको सिफारिसको आधारमा चालक हमाल र शाहीलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं