२०८२ मंसिर २९ , सोमबार 15, December 2025, Monday

सल्यानमा २० दिने सुत्केरीको मृत्यु

सत्यपाटीसत्यपाटी । सल्यान । २०८१ असोज २८ गते सोमबार

सल्यानमा २० दिने सुत्केरीको मृत्यु भएको छ । कुमाख गाउँपालिका ५ झारकाँडाकी वर्ष २७ की सुत्केरी अस्मिता कुमाईको मृत्यु भएको हो ।

आइतबार बेलुकी खाना खाएकोपछि एक्कासि श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि श्रीमान मनविर कुमाईले मिसन अस्पताल चौरजहारी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले बताए ।

उनका अनुसार २०७६–०७७ मा कोरोना संक्रमणपछि कुमाई श्वासप्रश्वासको समस्याबाट प्रभावित भएकी थिइन् । श्वासप्रश्वासको समस्याका कारण कुमाईको मृत्यु भएको हुनसक्ने ओलीले जानकारी गराए ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमबार