२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

पाँच आरोहीको शव एक सातादेखि धौलागिरिमै अलपत्र

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८१ असोज २८ गते सोमबार
म्याग्दीमा रहेको धवलागिरि हिमालको पे्रmन्चपास क्याम्पमा आरोहीहरुको आवासका लागि बनाइएको टेन्टहरु । संसारको सातौँ ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि यो याममा ३५ जनाले अनुमति लिएका छन । धवलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमालको आधार शिविरमा पुगेका आरोहीहरु अनुकुल मौसमको पर्खाइमा छन । तस्वीर : सन्तोष गौतम । रासस

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार १०० मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ ।

प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास असफल भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले भने, ‘हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो ।’

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घटनास्थलबाट ल्याउने प्रयास सफल भएको छैन । बुधबार, बिहिबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो ।

शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् । सम्बद्ध टेकिङ कम्पनीले अनुकुल मौसम भएमा सोमबार शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताए ।

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार ६०० मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन भएका थिए । प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो ।

‘आइ एम टे«कीङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतरोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमबार