आश्विन शुक्लपक्ष पापांकुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन् ।
बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि सुरु टीका र जमरा लगाउने क्रम आइतबार पनि निरन्तर चलिरहन्छ ।
मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा छैन ।
टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ । आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ ।
ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रुपमा लिने गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि बडादसैँ सकिन्छ ।
यस दिन एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापांकुशेति विख्याता सर्वपापहरा परा’ यो एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं