सूचनाको शक्ति - The Power Of Information

        

आज असोज २७ गते आइतवारको राशिफल

आज २०८१ असोज २७ गते आइतवार, १३ अक्टोबर २०२४ । आश्विन शुक्लपक्ष एकादशी तिथि । धनिष्ठा नक्षत्र । चन्द्रराशि मकर, १२ः२५ बजेपछि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पुरुषार्थी काम प्रारम्भ हुनेछ । दिगो काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनाले आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

भाग्यले विभिन्न अवसर जुराउनेछ । काम गरेरै दाम र प्रतिष्ठा कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मध्याह्नदेखि नयाँ काम गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । अरूका लागि समय खर्चनुपर्ला । बिहानको समयमा चुनौती सामना गर्नुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनाले केही अवसर प्राप्त हुनेछन् । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ । व्यावसायका लागि यात्रा गर्ने साइत जुर्न सक्छ । परिवारजनको साथले मात्र सामान्य काम सम्पादन हुनेछन् । मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला । श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ । अस्वस्थताको बाबजुद कामको चाप बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ । मध्याह्नदेखि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पनि प्राप्त हुने समय छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् र नतिजाले उत्साह जगाउनेछ । दिउँसोदेखि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै प्रतिष्ठा कमाउन सकिनेछ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ । पुरुषार्थी काम गरेर लाभ उठाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मध्याह्नपछि भने आफन्तहरू अलि टाढिन सक्छन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । पशुधनबाट लाभ उठाउन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । मध्याह्नदेखि सहयोगी जुट्नाले पुरुषार्थी काम सम्पादन गर्ने समय छ । बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ । अध्ययन र व्यापारमा पनि प्रगति हुनेछ । व्यक्तित्वमा निखारता आउनेछ भने नाम, दाम र इनाम हातलागी हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समयमै काम पूरा हुनाले उत्साह जाग्नेछ । अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका काम बन्नेछन् । दिउँसोदेखि अवसरका साथै केही चुनौतीसमेत देखा पर्नेछन् । तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला । काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । विवादास्पद अभिव्यक्तिले पनि समस्या निम्त्याउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोदेखि कामले आशा जगाए पनि महत्त्वाकांक्षा पूरा हुन समय लाग्नेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–समस्याले पनि काममा बाधा र अलमल हुन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । काम रोकिने र फजुल खर्च बढ्ने समय छ । तापनि, मिहिनेतले केही काम सम्पादन हुनेछन् । प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतवार ०६:५३