नेपालका सबै भूभागबाट यो वर्षको मनसुन प्रणाली बाहिरिएको छ । शनिबार (अक्टोबर १२) वाग्मती, मधेस र कोसी प्रदेशबाट पनि मनसुन बहिर्गमन भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।
नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ हो । यो वर्ष मनसुन सरदर मितिभन्दा १० दिन ढिलो गरी अक्टोबर १२ मा नेपालबाट बाहिरिएको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार आज बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशबाट मनसुन बाहिरिएको हो । योसँगै मनसुन देशैभरबाट बाहिरिएको हो ।
यसअघि बागमतीदेखि पश्चिमका सबै प्रदेशबाट मनसुन बाहिरिएको थियो । महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘आजदेखि पूरै देशबाट मनसुन बाहिरिएको छ र मनसुन सिजन सकिएर पोस्ट मनसुन सुरु भएको छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं