सूचनाको शक्ति - The Power Of Information

        

आज कुन-कुन प्रदेशमा हुनेछ वर्षा ?

देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले राति कोसी प्रदेश लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल कोसी र मधेस प्रदेशको अधिकांश भू–भाग तथा वाग्मती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव छ । बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार ०८:०५

लोकप्रिय