सूचनाको शक्ति - The Power Of Information

        

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपातीसहितको डोली

बडादसैँ अन्तरगत नवरात्रको सातौँ दिन बिहीबार गोरखा दरबारबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि पठाइएको फूलपाती । दरबारका सुसारेहरुले बिधिपूर्वक पूजाअर्चना गरी फूलपाती पठाइएको हो । तस्वीर : दीपक श्रेष्ठ । रासस

गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए ।

बाजागाजासहितको र्‍याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौँको हनुमान ढोका दरबारमा पुर्‍याइएपछि आज साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ । गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उनले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार १४:३२

लोकप्रिय