सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा महामन्त्री धवलको शल्यक्रिया सफल, अवस्था सामान्य

दाँतको गिजाको क्यान्सर उपचार गराइरहेका राप्रपाका महामन्त्री डा धवलशमशेर राणाको शल्यक्रिया सम्पन्न भएको छ । भारतको मुम्बईस्थित पुण्यश्लोक अहिल्याबाई होल्कर, हेड एण्ड नेक क्यान्सर इन्स्टिच्युटमा उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

सुल्तान प्रधान नेतृत्वको टीमले शल्यक्रिया गरेको र अहिले अवस्था सामान्य सामान्य रहेको पारिवारिक स्रोतलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । उनी केही दिन मुम्बईमै रहने र छिट्टै नेपाल फर्किने बताइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार ०७:३५

लोकप्रिय