सूचनाको शक्ति - The Power Of Information

        

दसैँमा कसरी पकाउने मासु ?

नेपाली समाजमा अरू बेला जति मासु खाए पनि दशैँमा भने मासुको विशेष महत्व छ । भन्नु पर्दा दशैँमा तरकारी भनेकै मासु हो । मासु बिनाको दशैँ त खल्लो नै मानिन्छ । अहिले दशैँको माहोल छ, त्यसैले सबै जनाको घरमा खसीको मासु, सुँगुरको मासु, कुखुरा वा राँगाको मासु हुन्छ ।

दसैंमा हामी अरू बेलाभन्दा अलि बढी मासु खाने गर्छौं साथै हिजोआज धेरैले मासुसँग अल्कोहलजन्य पेय पदार्थ पनि लिन्छन् । अत्यधिक मासु, अचार तथा चिल्लो–पिरो र त्यसमाथि मद्यपान एवम्ं धूम्रपान गरिने भएका कारण दसैँमा स्वास्थ्य समस्या पनि उत्पन्न हुन सक्छ, जसका विषयमा सबैजना सचेत हुनु आवश्यक छ ।

दसैँमा खाने मासुलाई राम्रोसँग पकाउन जानेमा सबै भिटामिन सुरक्षित हुन सक्छ । मासु प्रोटिनको राम्रो स्रोत हो । प्रोटिन, फलाम र फस्फोरस जस्ता खनिज तत्व पनि पाइन्छ । भिटामिन बी समुह फायमिन, नायोसिन र रिपोफेविन पाइन्छ । मासुलाई राम्रोसँग संरक्षण गर्न जानेन भने भिटामिन बी नष्ट हुन सक्छ तर प्रोटिन भने नष्ट हुँदैन । त्यसैले आउनुहोस् जानौं दसैँमा मासु पकाउनेबारे ।

मासु कसरी पकाउने ?

ताजा मासुलाई राम्रोसँग पकाउनु उत्तिकै आवश्यक छ । मासु टुक्रा पार्नुभन्दा अघि नै पखाल्नुपर्छ । टुक्रा पारेपछि सकेसम्म पखाल्नु हुँदैन । टुक्रा पारेर पखाल्दा मासुको स्वाद र भिटामिन खेर जान्छ । मासु आफै चिल्लो हुने भएकोले कम तेल राखेर सानो तापमा बिस्तारै छोपेर पकाउनुपर्छ ।

मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उचित मानिन्छ । चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्राम सम्म खाँदा असर गर्दैन । शारीरिक श्रम गर्नेले भने ९० ग्राम सम्म खान सक्छन् । मिर्गौला, मुटु, कलेजो, मधुमेहका दीर्घरोगीले भने मासु सकेसम्म अत्यन्त कम खानुपर्छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार ११:२७

लोकप्रिय