सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने

फाइल तस्वीर

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन् । शाहले विजयादशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।

शाको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार, शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।

पूर्वराजा शाह अहिले एक साता लामो भुटान भ्रमणमा छन् । उनी फूलपातीअघि स्वदेश फर्कने संवाद सचिव पाठकले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार ०८:१२

लोकप्रिय