घनघोर वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । देशका विभिन्न स्थानमा बाढी पहिरो जाँदा सडकहरु अवरुद्ध भएका छन् । आज पनि निरन्तर झरीपर्ने मौसमविद्ले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ ।
त्यसैले आज दिनभर झरी पर्नेछ । केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् । नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ ।
देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ । काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ । नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
गाडीहरुको लामो लाइन लागेको छ । उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान ७ बजेसम्म १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलमा पुगेको छ । अरु त्यति संख्यामा बाढी मापन केन्द्रमा बाढीको सतह खतराको संकेत पुग्दै छ ।
त्यसैले खतराको संकेत स्वरुप साइरन बजाइएको छ । यसैगरी बिहान ७ बजेसम्म १०५ वटा वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाले चेतावनीको तह पार गरेको छ । पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ । पाल्पामा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं