सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असोज ८ गते मंगलवारको राशिफल

आज २०८१ असोज ८ गते मंगलवार, २४ सेप्टेम्बर २०२४ । आश्विन कृष्णपक्ष, सप्तमी तिथि, १८ः०० बजेपछि अष्टमी । मृगशिरा नक्षत्र । चन्द्रराशि वृष, १६ः०३ बजेपछि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । साँझतिर फजुल खर्च बढ्नेछ । अरूको भरपर्दा आफ्नो फाइदा गुम्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई विचार गरेर मात्र काम थाल्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आकस्मिक खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ । नियमित काम सम्पादन हुनेछन् तर कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । पहिले गरिएका कामबाट सामान्य फाइदा भइरहनेछ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । साँझतिर स्थितिमा सुधार आउनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । केही आम्दानी भए पनि साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । आँटेको काममा बाधा हुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । अवसरले पछ्याउनेछन् र कर्मयोगले नाम, दाम दिलाउनेछ । साँझतिर अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ । सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन् । नयाँ काम गर्न केही समय लाग्नेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । साँझतिर स्थितिमा सुधार आउनेछ । मिहिनेत गर्दा कार्यसिद्धि हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य कमजोर रहने समय छ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला । कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । साँझतिर अरूको जिम्मेवारीसमेत वहन गर्नुपर्ला । फाइदा कम हुनाले जोश–जाँगरमा कमी आउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तको उपहारले प्रसन्नता मिल्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ । स्वास्थ्यका लागि सजग रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन् । साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कामको मेसो नमिल्दा केही अलमल हुनेछ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । स्वास्थ्य सबल बन्नेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शुभचिन्तकको साथ–सहयोगले काम गर्न सकिनेछ । श्रम परे पनि प्रतिफल प्राप्त हुनेछ । तर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ । अरूका काममा धेरै समय अलमलिनुपर्ला । अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला । साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ला । केही घरायसी समस्याले आफन्त टाढिन सक्छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार ०८:०३

लोकप्रिय