आज २०८१ असोज ६ गते आइतवार, २२ सेप्टेम्बर २०२४ । आश्विन कृष्णपक्ष, पञ्चमी तिथि । भरणी नक्षत्र, प्रातः ६ः३० बजेपछि कृत्तिका । चन्द्रराशि मेष, १२ः१० बजेपछि वृष ।
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेकै कमजोरी दोहोरिन सक्छ । सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ ।
अवसरका लागि दौडधुप गर्नुपर्ला । अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ । केही खर्च लागे पनि प्रतिष्ठा प्राप्त हुनेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ । लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । केही आम्दानी हुने समय छ । श्रमको उचित मूल्य पाइनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि खर्चिलो काम थालनी हुनेछ । आकस्मिक समस्याले पनि खर्च बढाउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।
विशेष भेटघाटले काममा उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । दिउँसोदेखि अरूको प्रभावमा परिने हुँदा आफ्नो काम रोकिन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । आम्दानी भए पनि अरूका लागि खर्चनुपर्ने हुन सक्छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउन सक्छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । दिउँसोतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदै हुनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रोकिएका केही काम बन्नेछन् ।
आकस्मिक समस्याले दौडधुप गराउन सक्छ । स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको स्वार्थका लागि उपयोग भइएला । पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ । अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् । दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ ।
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिनको पूर्वाह्न मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनुका साथै भौतिक साधन जुटाउने समय छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । दिउँसोदेखि कामको चाप बढ्नेछ । अरूको विश्वासले गोपनीयता बाहिरिन सक्छ । आफ्ना कमजोरी भरसक नदेखाउनुहोला । फाइदा लिन दोहोर्याएर काम गर्नुपर्ला ।
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ । नयाँ पेसा–व्यवसाय प्रारम्भ हुन सक्छ । स्थापित व्यवसायमा मनग्य लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । अर्थ उपार्जनका स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ । पेसा–व्यवसायमा फाइदा हुनेछ । बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ । यसअघि रोकिएका काम दिउँसोदेखि बन्न थाल्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ ।
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनाले धेरै समस्या सुल्झाउन सकिनेछ । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रगति हुनेछ । व्यवसायमा पनि फाइदा हुनेछ ।
प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । दिउँसोदेखि सानोतिनो समस्यामा अलमलिनुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ । हतारमा निर्णय लिने बानीले समस्या पर्नेछ, व्यवहारमा सजग रहनुहोला ।
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । दिउँसोदेखि नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं