सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असोज ४ गते शुक्रवारको राशिफल

आज २०८१ असोज ४ गते शुक्रवार, २० सेप्टेम्बर २०२४ । आश्विन कृष्णपक्ष, तृतीया तिथि । रेवती नक्षत्र, ९ः३३ बजेपछि अश्विनी । चन्द्रराशि मीन ९ः३३ बजेपछि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बिहान केही खर्चिलो काम गर्नुपर्ने देखिन्छ । टाढाका आफन्तसँग सम्पर्क बढ्नेछ । यात्राको साइत जुर्न सक्छ । दिउँसो परिस्थिति अनुकूल बन्नाले नयाँ काम सुरु हुनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमानको रक्षा गर्न सफल भइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । केही आम्दानी हुने समय छ । श्रमको उचित मूल्य पाइनेछ । रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ । तर दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्चिलो काम थालनी हुनेछ । आकस्मिक समस्याले खर्च बढ्न सक्छ । यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । दिउँसोदेखि काम बन्नाले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ । दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुने देखिन्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । बिहानको योजना दिउँसोतिर कार्यान्वयन गर्न सकिनेछ । पुरुषार्थी काम गर्दै लाभ उठाउने मौका छ । स्रोतसाधन जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बिहानको समय उत्साहवर्द्धक रहनेछ । रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ । व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ । दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ । सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिहानको समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ । केही भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । आफन्तहरूको साथ जुट्नेछ । वादविवादमा अघि नसर्नुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिन उत्साहजनक रहनेछ । बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिहानको काम सन्तोषजनक नभए पनि दोहोर्याएर प्रयास गर्नुहोला । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ । अग्रजको सहयोग लिँदा राम्रो हुनेछ । तर योजना सार्वजनिक नगर्नुहोला । दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अध्ययन र लेखनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । बिहानको योजना दिउँसोतिर कार्यान्वयन हुनेछ । शुभचिन्तकको साथ–सहयोग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ । शत्रु परास्त हुनेछन् र प्रतिस्पर्धीले हार खानेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बिहानको समय विशेष भेटघाट र परिस्थिति मिलाउन जुट्नुपरे पनि दिउँसोतिर चिताएको काम सम्पादन हुनेछ । बौद्धिक कलाको प्रभाव बढ्नेछ । पहिलेको नतिजाले नयाँ जिम्मेवारी दिलाउनेछ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । बुद्धिको उपयोगले धन आर्जन हुनेछ । साथीभाइको सहयोग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ । आयस्रोत बढ्नेछ भने दिगो काम सुरु गर्ने समय छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार ०७:५३

लोकप्रिय