आज २०८१ भदौ ३१ गते सोमवार, १६ सेप्टेम्बर २०२४ । भाद्र शुक्लपक्ष, त्रयोदशी तिथि १३ः०६ बजेपछि चतुर्दशी । धनिष्ठा नक्षत्र, १५ः४८ बजेपछि शतभिषा । चन्द्रराशि कुम्भ ।
आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । कामको राम्रै मूल्यांकन हुनेछ । कामको प्रतिफल हातलागी हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
विशेष काममा जग बसाउने अवसर छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । पद–प्रतिष्ठा प्राप्त गर्ने बेला छ । अवसरले मन प्रफुल्लित गराउनेछ । धेरैले कामको तारिफ गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनेछन् । पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ । शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन् । चुनौतीहरू हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।
काम बिग्रने भयले सताउनेछ भने प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । अरूको मुख ताक्नाले पछि परिनेछ । केही समय प्रतीक्षा गर्नुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ । प्रयत्न गर्दा गुमेको स्थान प्राप्त हुनेछ ।
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । अप्ठ्यारो परिवेशमा काम गर्नुपर्ने अवस्था रहनेछ ।
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । परिवेश उल्लासमय रहनेछ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ ।
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउने चेष्टा गर्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा दिगो फाइदा हुनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ ।
स्वास्थ्य समस्याले काम रोकिन सक्छ । अल्छी स्वभावले लक्ष्यमा पुग्न समस्या पर्नेछ । अध्ययनमा समय दिन नसकिएला । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला । आत्मसम्मानका लागि मौन रहनुपर्ने समय छ । अनिच्छित काममा जुट्नुपर्दा हीनताबोध हुनेछ । तापनि लगनशीलताले परिस्थितिलाई बदल्नेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ, परिस्थिति आफ्ना लागि भने प्रतिकूल रहनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । काम बिग्रने डरले सताइरहनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बुद्धिको उपयोगले काम बन्नेछ ।
आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । नयाँ काममा तत्काल जुट्न नसकिएला । आत्मबल कमजोर हुनेछ । अज्ञानताले पनि काम रोकिन सक्छ । तर दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ ।
आत्तिने बानीले समस्या निम्त्याउनेछ । हातमा आएको मौका अरूले पÞmुत्काउन सक्छन् । बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला । नयाँ जिम्मेवारी वहन गर्ने समय छ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन्, तर अहिलेको मिहिनेतले पछिलाई फाइदा हुनेछ । शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला ।
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं