आज २०८१ भदौ १८ गते मंगलवार, ३ सेप्टेम्बर २०२४ । भाद्र कृष्णपक्ष, औंसी तिथि प्रातः ६ः२० बजेपछि भाद्र शुक्ल प्रतिपदा । पूर्वफाल्गुनी नक्षत्र । चन्द्रराशि सिंह ।
समय लागे पनि निर्णायक कार्य गर्ने समय छ । पहिलेका उल्झन समाप्त हुनाले रोकिएको काम थालनी गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ । पेसा–व्यवसायमा पनि केही लगानी र पूर्वाधार तयार पार्ने समय छ । समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन् । अध्ययनमा पनि गुरुजनको मार्गदर्शन प्राप्त हुनेछ ।
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ । पछि लाभ हुने काम गर्न सकिनेछ ।
दाजुभाइमा असमझदारी बढ्न सक्छ । जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले बढी मिहिनेत गर्नुपर्ने समय छ । प्रतिपस्पर्धीहरूले अवरोध पुर्याउन सक्छन् । नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला । व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको दाम नउठ्न सक्छ । आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन् । प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला ।
काम बन्नाले मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् । सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ ।
प्रतिष्ठित काम सम्पादन हुनेछ । नाम र दाम कमाउने बेला छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ ।
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । बेहोसीले नोक्सान पुर्याउन सक्छ । नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ ।
केही काम रोकिए पनि मनग्य आम्दानी हुनेछ । पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ । नयाँ योजनातर्फ केही रकम खर्च हुनेछ । शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । पछि बन्ने काम तत्काल सम्पादन भए पनि धेरै आम्दानीको आशा नराख्नुहोला । पेसा व्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ ।
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ । तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ । सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ । मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला ।
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । विशेष अवसरले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विशेष अवसर दिलाउनेछ । समस्या र चुनौती समाप्त हुनेछन् । नाम र दाम हातलागी हुनेछ । योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ ।
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । अस्वस्थताले काममा जुट्न नसकिएला । सामान्य काममा धन र श्रम खर्च हुनेछ । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला । श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ । समस्या पन्छाउँदै अघि बढ्ने समय छ । अनावश्यक किनमेलमा फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने देखिन्छ, सजग रहनुहोला । पछिका लागि विशेष काममा जग बसाउने मौका छ ।
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । काम अड्किनाले उद्देश्यमा पुग्न समय लाग्नेछ । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । सावधानीले उपलब्धि जोगाउँदै लाभ लिन सकिनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं