सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्चमा पुग्दै सन्दीपविरुद्धको मुद्दा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम)ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन् ।

उनको निवेदनलाई पनि साथै राख्दै लामिछानेविरुद्ध एक तहमाथि (सर्वोच्च) जानुपर्ने आधारहरू रहेको दाबी उच्च सरकारी वकिल कार्यालयले गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १५:०८

लोकप्रिय