सूचनाको शक्ति - The Power Of Information

        

किन कराउँछ कान ?

तपाइले पनि भोग्नुभएकै होला कहिलेकाहीँ कानमा ‘टिं’ आवाज गुन्जन्छ । यही हो कान कराउनु वा बज्नु भनेको । यसलाई अङ्ग्रेजीमा ‘टाइनिटस’ भनिन्छ । किन यस्तो हुन्छ ? कान कराउने समस्यालाई कतिपयले कमजोरीको संज्ञा दिन्छन् । कतिले चाहिँ कानमा केही छिरेर पनि कान कराएको वा कान बज्ने गरेको अनुमान गर्छन् ।

यस्तो समस्या कहिलेकाहीँ वा पटक पटक पनि हुनसक्छ । सामान्य रुघाखोकी, ज्वरो तथा हवाईजहाजका क्रममा यस्तो समस्या देखिएमा यो समस्यालाई खासै गम्भीर मानिँदैन । तर लामो समयसम्म यस्तो समस्या रहिरहे यो घातक पनि हुनसक्छ । अर्थात् यदी यो समस्या एक महिनासम्म पनि ठिक नभएमा भने चिकित्सकको परामर्श आवश्यक छ ।

त्यतिमात्र हैन, कान बज्ने समस्याका साथमा कानमा पिडा भएमा वा कानबाट तरल पदार्थ निस्किए, कान सुनिन कम भए वा चक्कर लाग्न थालेमा तुरुन्तै चिकित्सकको सल्लाह आवश्यक हुन्छ , किनकी यो समस्या गम्भीर रोगको सङ्केत अर्थात ट्युमरको सङ्केत पनि हुनसक्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १३:०९

लोकप्रिय