सूचनाको शक्ति - The Power Of Information

        

आज कुन विदेशी मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ ।

हिजो बढेको अमेरिकी डलरको मूल्य आज घटेको हो । हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा थियो ।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । हिजो पनि पाउन्ड यहि मूल्यमा कारोबार भएको थियो । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४० रुपैयाँ २७ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५४ पैसा थियो । आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २८ पैसा थियो ।

हेर्नुहोस् आजको विदेशी मुद्राको सूची :

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.93 134.53
EUR  (European Euro) 1 148.83 149.50
GBP  (UK Pound Sterling) 1 175.76 176.55
CHF  (Swiss Franc) 1 157.15 157.85
AUD  (Australian Dollar) 1 90.14 90.55
CAD  (Canadian Dollar) 1 98.57 99.01
SGD  (Singapore Dollar) 1 102.34 102.80
JPY  (Japanese Yen) 10 9.17 9.21
CNY  (Chinese Yuan) 1 18.77 18.85
SAR  (Saudi Arabian Riyal) 1 35.69 35.85
QAR  (Qatari Riyal) 1 36.73 36.89
THB  (Thai Baht) 1 3.91 3.93
AED  (UAE Dirham) 1 36.46 36.63
MYR  (Malaysian Ringgit) 1 30.61 30.75
KRW  (South Korean Won) 100 10.01 10.06
SEK  (Swedish Kroner) 1 13.03 13.09
DKK  (Danish Kroner) 1 19.95 20.04
HKD  (Hong Kong Dollar) 1 17.17 17.25
KWD  (Kuwaity Dinar) 1 438.31 440.27
BHD  (Bahrain Dinar) 1 355.42 357.01

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार ०६:५७

लोकप्रिय