स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन एक लाख ५३ हजारमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २०० थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ भदौ ५ गते बुधबार
