नेपाल प्रहरीमा सिपाहीको रगत पसिनामा माथिल्लो तहका हाकिमहरूले मनमौजी गरेको खुलेको छ । लामो समयदेखि प्रबन्धमा रहेका डिआइजी केदार ढकालको टिमले यस्तो गरेको खुलेको हो । प्रहरीले गत वर्ष खरिद गरेको ६० हजार ट्रयाकसुटमा करोडौँ रुपैयाँ घोटाला भएको स्रोतको दाबी छ ।
२०७९ मंसिर १५ मा खरिद सम्झौता गरेको ६० हजार ट्याकसुटको ठेक्का रितेश अग्रवालले पाएका थिए । त्यसमा ११ करोड २९ लाख भुक्तानी भएको स्रोतको दाबी छ । आरए इन्टरनेशनलले पोलिस्टरको कपडा बुझाएर नाइलनकै बनाएको र यसमा प्रबन्ध शाखामा रहेका प्रहरी अधिकृतहरूको ठूलै मिलेमतो रहेको स्रोतले जनाएको छ ।
अग्रवालकै कम्पनीबाट गेम ड्रेसका सामग्रीहरू पनि गुणस्तरहीन ल्याएर भण्डारण गरिसकिएको छ । ठेकेदार रितेश अग्रवालले पनि नमूनामा पेश गरेकोभन्दा निकै कमसल र गुणस्तरहीन ज्याकेट र ट्रयाकसुट ल्याएर भिडाइसकेका छन् । नेपाली सेनामा कालोसूचीमा रहेका अग्रवाललाई डिआइजी ढकालले प्रहरीमा ठेक्का दिलाएका थिए ।
यस आर्थिक वर्षको शुरुवातमै अल्पाइनले अत्यन्तै कमसल गुणस्तरका म्याट्रेस, लघु उद्योगका लागि प्रयोग गरिने विभिन्न कपडा र कच्चा पदार्थहरू दाखिला गरेको स्रोतको दाबी छ । अल्पाइन, आर ए, अल्बेलो, एडी सप्लायर्स लगायतले कमसल सामान बुझाएर डिआइजी ढकालदेखि आइजीपी बसन्त कुँवरसम्मलाई ‘शुभलाभ’ दिलाएको स्रोतको दाबी छ ।
विगतमा प्रहरी मुख्यालयको प्रबन्ध निर्देशनालयले दिएको आदेशअनुसार कुन ठेकेदारलाई कुन काम गर्ने र कति रकम बराबरको दिने तय हुने र त्यसै अनुसार ठेकेदारले काम गर्दै आएका थिए । गत वर्ष पनि डिआइजी ढकाल नेतृत्वमा यही दोहोरिएको छ । महानिरीक्षक बसन्तबहादुर कुंवरले ठेक्का पारदर्शी हुनुपर्ने आदेश दिए पनि उनलाई समेत घर जाने बेलामा डिआइजी ढकालले बिटुलो पारेका छन् ।
प्रहरीभित्र सेटिङ मिलाएर आफ्नो नमूना हालेर करौडौँ करोडको ठेक्का आफुले पाउने गरी सेटिङ मिलाएका ठेकेदारको योजना प्रशासन शाखालाई समेत गुमराहमा राखेका छन् । डिआइजी ढकालले गत असार मसान्तमा बोलकबुल अनुसारको रकम प्राप्त नभएको भन्दै ठेकेदारलाई थर्काएका थिए ।
विगतदेखि नै प्रहरी प्रधान कार्यालयले खरिद गर्ने लत्ताकपडामा ठूलै परिमाणको कमिसनको खेल हुँदै आएको छ । यस वर्ष पनि कमिसनकै कारण गुणस्तरहीन लत्ताकपडा, डिएसएम बुट, पार्क ज्याकेट खरिद गरिएको स्रोतको दाबी छ । ठेकेदार कम्पनीहरूले प्रहरीको प्रबन्ध शाखामा काम गर्ने कर्मचारीलाई मात्रै १० प्रतिशत कमिसन बुझाएर गुणस्तरहीन सामान बुझाउने गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं