बाँकेको कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालमा भदौ १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेको स्वास्थ्य बिमा कार्यक्रम आज भदौ १ गते आइतबारबाट सुरु हुनेछ ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले नगरवासीलाई सर्वसुलभ र स्वास्थ्यको पहुँचमा ल्याउन नगरपालिकाले सुरु गर्न लागेको बिमा कार्यक्रम देशका केही मात्र पालिकामा सञ्चालनमा रहेको बताए ।
स्थानीय नागरिकलाई सहज र सरल तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्ने गरी कोहलपुर नगर अस्पतालबाटै स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्न लागिएको प्रमुख आचार्यले बताए ।
कोहलपुरमा रहेको नगर अस्पताललाई गरिब, विपन्न र न्यून आय भएका सर्वसाधारणको उपचारको प्रमुख केन्द्र बनाइने जानकारी दिँदै उनले यो अस्पताललाई आवश्यक रहेका केही उपकरण र सेवा सुविधा स्वास्थ्य मन्त्रालयबाट माग गरिएको बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके