सूचनाको शक्ति - The Power Of Information

        

निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको बिहिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ०८:२८

लोकप्रिय