नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो ।
विगत केही सातादेखि अमेरिकी डलरको मूल्य लगातार वृद्धि हुँदै आएको छ । हिजो पनि बढेर उच्च रेकर्ड बनाएको अमेरिकी डलरले आज फेरि अर्को रेकर्ड कायम गरेको हो । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा थियो ।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा थियो ।
त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा थियो ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा थियो ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३१ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३२ पैसा थियो ।
आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५४ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ११ र बिक्रीदर ३५६ रुपैयाँ ७१ पैसा थियो ।
हेर्नुहोस् आजको लागि विदेशी मुद्राको सूची :
| Currency | Unit | Buy | Sell |
| INR (Indian Rupee) | 100 | 160.00 | 160.15 |
| USD (U.S. Dollar) | 1 | 134.03 | 134.63 |
| EUR (European Euro) | 1 | 146.19 | 146.85 |
| GBP (UK Pound Sterling) | 1 | 170.24 | 171.00 |
| CHF (Swiss Franc) | 1 | 156.71 | 157.42 |
| AUD (Australian Dollar) | 1 | 86.87 | 87.26 |
| CAD (Canadian Dollar) | 1 | 96.86 | 97.29 |
| SGD (Singapore Dollar) | 1 | 100.95 | 101.40 |
| JPY (Japanese Yen) | 10 | 9.22 | 9.26 |
| CNY (Chinese Yuan) | 1 | 18.74 | 18.83 |
| SAR (Saudi Arabian Riyal) | 1 | 35.70 | 35.86 |
| QAR (Qatari Riyal) | 1 | 36.76 | 36.92 |
| THB (Thai Baht) | 1 | 3.77 | 3.79 |
| AED (UAE Dirham) | 1 | 36.49 | 36.65 |
| MYR (Malaysian Ringgit) | 1 | 29.96 | 30.09 |
| KRW (South Korean Won) | 100 | 9.72 | 9.77 |
| SEK (Swedish Kroner) | 1 | 12.65 | 12.71 |
| DKK (Danish Kroner) | 1 | 19.59 | 19.68 |
| HKD (Hong Kong Dollar) | 1 | 17.20 | 17.28 |
| KWD (Kuwaity Dinar) | 1 | 438.35 | 440.31 |
| BHD (Bahrain Dinar) | 1 | 355.54 | 357.13 |
सत्यपाटी