सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीका २८९ लेखापालको सरुवा (सूचीसहित)

नेपाल प्रहरीले एकसाथ २८९ जना लेखापालको सरुवा गरेको छ । एउटा कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे पाँच वर्ष पुरा गरेकाहरूलाई सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालको सरुवा गरेको हो । विशेष ब्युरोको लेखा प्रमुखमा इन्स्पेक्टर टिकाराम राईलाई पठाइएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डेकेन्द्र शर्मा, मधेस प्रदेश प्रहरी कार्यालयमा दिनेशप्रसाद खरेल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दीपेन्द्र भट्ट र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा इन्स्पेक्टर दीपेश खरेल सरुवा भएका छन् । महाराजगन्ज स्थित प्रहरी अस्पतालमा ध्रुवबहादुर विष्टलाई सरुवा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा निशेष चापागाईँ र बागमती प्रदेशमा प्रकाश शाहलाई पठाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विजय बहादुर घले आएका छन् । प्रहरी प्रधान कार्यालय स्थित कल्याण महाशाखामा रविन ढकाल र केन्द्रीय अनुसन्धान ब्युरोमा रवीन्द्र थापालाई पठाइएको छ । शेखर जङ्ग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । इन्स्पेक्टर सविनकुमार सङ्ग्रौला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र वरिष्ठ सई अजय कुमार खनाल मुस्ताङमा सरुवा भएका छन् । बाँकेमा वरिष्ठ सई कमलकान्त पुनलाई पठाइएको छ ।

प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिस अनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभएसम्मका लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको प्रधान कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा भनिएको छ ।

सरुवा भएका लेखापालहरुको सूची :

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार ०९:३४

लोकप्रिय