तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ ।
प्रायजसो हिन्दुहरुको घरअगाडि तुलसी रोप्ने चलन छ । तुलसीलाई विष्णुको प्रतिकको रुपमा हिन्दुहरुले पूजाआजा गर्छन् । तर, तुलसीको आयुर्वेदिक महत्व पनि छ । यसको स्वाद केही टर्रो भए पनि स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । विशेषगरी मुटुका बिरामीका लागि त यो अत्यन्त उपयोगी मानिन्छ ।
युनानी चिकित्सा पद्दतिमा तुलसीलाई महत्वका साथ लिइन्छ । यसले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ । यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहिन हुन्छन् ।
१. जाडो मौसममा हुने रुघाखोकी, निमोनिया, ब्रोक्राइटिस र श्वास प्रश्वासका समस्यामा नियमित तुलसीको पात चपाएर खाएमा लाभदायी हुन्छ ।
२. तुलसीको पातको चुर्ण बनाई अदुवा र मरिचसँग मिसाएर खाएमा स्वास्थ्यमा धेरै फाइदा पुग्छ ।
३. तुलसीलाई तातो पानीमा मिसाएर पिउँदा टाउको दुखेको, चिसोका कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको समस्याबाट छुटकारा पाइन्छ ।
४. धेरै दिशा लागेमा तुलसीको ८–१० वटा पातलाई जाईफल पिनेर खाएमा ठीक हुन्छ ।
५. आउ परेमा १० –१२ तुलसीको पात मिस्रीसँग पिनेर खाने गरेमा ठीक हुन्छ ।
६. दिशामा रगत आएमा १–२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठीक हुन्छ ।
७. अल्काई भएमा १०–१२ वटा तुलसीको पात खाएर पानीले निल्ने साथै तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्द्वारको घाऊमा लगाएमा ठीक हुन्छ ।
८. घाटी बसेर बोल्नै नसक्ने भएमा १०–१२ वटा तुलसीको पात ४–५ दाना मरिच र मिस्रीको टुक्रासँग चपाएर निल्दा घाटी बसेको ठीक हुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं