ऐना हामी सबैलाई थाहा छ र हामी सबैको घरमा ऐना अवश्य पनि छ नै । वास्तुशास्त्रीले पनि ऐनालाई निकै महत्त्वपूर्ण ठानेको छ । वास्तुशास्त्र अनुसार घरमा ऐना राख्ने सही दिशा निर्धारण गरिएको छ ।
यदि सही दिशामा ऐना राखियो भने उक्त घर परिवारमा सुख, शान्ति समृद्दि छाउने र सबै भन्दा महत्त्वपूर्ण कुरा शत्रुको नास हुने मान्यता रहिआएको छ । वास्तुशास्त्र अनुसार ऐना घरको उत्तर, पूर्व र पश्चिम दिशामा राख्नु अत्यन्तै शुभ मानिएको छ ।
यस दिशामा ऐना राख्दा उन्नति र लाभ हुनाका साथै धनसम्पत्ति राख्ने दराजमा ऐना राख्दा त्यसले धनलाई बढाउने गर्छ । वास्तुशास्त्रका अनुसार ऐनालाई बेड रुममा राख्नु उचित मानिएको छैन ।
त्यसैगरी ऐना घरको मुख्य ढोका अगाडि राख्न हुँदैन । त्यसो गर्दा ढोकाबाट आउने सकारात्मक ऊर्जा ऐनामा ठोकेर फर्किन्छ । बाथरुमको पनि दक्षिण र पश्चिम भित्तामा ऐना राख्नु हुँदैन ।
त्यसैगरी जहिले पनि ऐना किन्दा त्यसमा कुनै दाग वा खोटो नभएको अनुहार स्पष्ट देखिने किन्नुपर्छ, धमिलो अनुहार देखाउने ऐनाले घरमा रोग बढाउँछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं