एसएमएस सेवा प्रदायक ‘स्पारो एसएमएस’ले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा विद्यार्थीहरूको मोबाइलमै पुर्याउने भएको छ । उक्त कार्यका लागि स्पारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्ड (एनईबी)सँगको सहकार्यलाई जारी राख्दै यो वर्ष पनि निरन्तरतार दिने भएको छ ।
यो सहकार्यले २०८० सालमा सञ्चालित एसइई परीक्षाको नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउने बताइएको छ । यो साझेदारीले एसईईको नतिजा छिटो, भरपर्दो र सुविधाजनक पहुँच प्रदान गर्न लक्ष्य राखेको कम्पनीले जनाएको छ । जसले गर्दा विद्यार्थीहरू र उनका परिवारले महत्त्वपूर्ण जानकारी बिनाढिलाइ प्राप्त गर्न सक्ने छन् ।
विगतका दिनमा तपाईंले एसएलसीको नतिजा हेर्नका लागि लामो लाइनमा पर्खिरहनुपरेको र पत्रिकाहरूमा घन्टौं खोज्नुपर्ने कुरालाई दृष्टिगत गरी स्पारो एसएमएसले नतिजा हेर्न प्रविधि सुरू गरेको थियो । स्पारो एसएमएसले एसएमएसमा आधारित प्रविधि प्रस्तुत गरेपिछि विद्यार्थीहरूले एक साधारण एसएमएसमार्फत तुरुन्तै नतिजा प्राप्त गर्ने सुविधा पाउन थालेको कम्पनीको दाबी छ ।
आफ्नो मोबाइल सन्देश बक्समा जानुहोस् । नयाँ सन्देश लेख्नुहोस् । टाइप गर्नुहोस् एसइई एक स्पेस र तपाईंको सिम्बोल नम्बर अनि ३५००१ मा पठाउनुहोस् । ‘मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै, यो एसएमएस आधारित नतिजा प्राप्त गर्न प्रविधिले देशका सबै कुनाका विद्यार्थीहरूले उनीहरूको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग उनीहरूको एसईई नतिजा हेर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ,’ स्पारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले भने ।
स्पारो एसएमएसले बल्क एसएमएस, एपीआई इन्टरग्रेसन र महत्वपूर्ण जानकारी प्रसारणसहित विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । कनेक्टिभिटी र जानकारीमा पहुँच सुधार गर्न प्रतिबद्ध रहेको स्पारो एसएमएसले विभिन्न संस्थाहरूलाई सेवा दिँदै आएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं