सूचनाको शक्ति - The Power Of Information

        

हाकिम बनेर आएकी छोरीलाई एसपी बुवाले सलाम ठोकेपछि…

भारतको केन्द्रीय लोकसेवा आयोग (यूपीएससी) २०२२ मा देशमै तेस्रो स्थान हासिल गरेकी उमा हराथीको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनको एउटा तस्वीर भाइरल भइरहेको छ, जसमा उनलाई एसपी दर्जाका आइपीएस पिता एन वेंकटेश्वरलु उनलाई सलाम ठोकिरहेका छन् ।

उमा हाराथी हाल एक प्रशिक्षार्थी आइएएस अफिसर हुन्, जो हाल विकरावादमा तैनाथ छिन् । भर्खरै उनी तेलंगाना राज्य पुलिस एकेडेमीको सेमिनारमा भाग लिन आएकी थिइन्, जहाँ उनलाई उनका बुबाले सलामी दिएर स्वागत गरे । उमा हराथीका बुबा एन वेंकटेश्वरलु नारायणपेट जिल्लाका प्रहरी उपरीक्षक हुन् ।

तेलंगाना पुलिस एकेडेमीमा आफ्नी अफिसर छोरीलाई अतिथिका रूपमा देखेपछि बुबा वेंकटेश्वरलु भावुक भए । उनले आफ्ना अगाडि उभिएकी छोरीलाई गर्वका साथ सलाम गरे । यो तस्वीरलाई धेरैले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ०९:३५

लोकप्रिय