सूचनाको शक्ति - The Power Of Information

        

नेपालका कप्तान पौडेलसँग विवाद गर्ने बंगलादेशी खेलाडी कारवाहीमा

आइसीसीले बंगलादेशका खेलाडी तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । जारी विश्वकपमा नेपाल र बंगलादेशको खेलमा नेपालका कप्तान रोहित पौडेलसँग विवाद गरेका उनलाई आइसीसीले कारवाही गरेको हो ।

आइसीसीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो । आइसीसीका अनुसार उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा आइतबार नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि विवाद भएको थियो ।

उनले पिचको मध्यभागमा आएर रोहितलाई केही भनेका थिए । रोहितले पनि आक्रोशित हुँदै उनलाई जवाफ फर्काएका थिए । ताम्जिमलाई लिटन दास र रोहितलाई आशिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए । नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ०९:११

लोकप्रिय