मानवका लागि दाँतको महत्त्व चपाउन मात्र नभएर सुन्दरता र मुस्कानसम्म जोडिन्छ । दाँत राम्रो हुँदा मुख राम्रो देखिन्छ । आत्मविश्वास, राम्रो पाचन प्रणाली र समग्र व्यक्तित्वका लागि दाँत स्वस्थ राख्न जरुरी छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ ।
बिहान उठ्ने बित्तिकै र राति सुत्नु अगाडी दाँत माझ्ने गर्नुपर्छ । यदि सुगर लगायत अन्य शरीरको प्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसका लागि भने हरेक पटक खाना खाए पछि दाँत माझ्नुपर्छ । यसबाहेक स्वस्थ दाँतका लागि के-के गर्ने त ? आज हामी यसैको चर्चा गर्दैछौँ ।
– सबैभन्दा महत्त्वपूर्ण कुरा त मिठाई, चकलेटलगायत गुलिया कुरा कम खानुपर्छ, खाएपछि मुख कुल्ला गर्न बिर्सनुहुँदैन । आफ्नो आहारमा चिनीको मात्रा निकै कम गर्नुस् । त्यस्तै, जंकफुड सेवनबाट पनि बच्ने गर्नुस् । खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्न नबिर्सनुस् ।
– दिनमा दुई पटक ब्रस गर्न जरुरी छ । कतिपयले रातको समय ब्रस गर्दैनन् । तर, रातमा अनिवार्य ब्रस गर्नुपर्छ । अन्यथा, मुखमा रहेका ब्याक्टेरियाले दाँतलाई कमजोर बनाउन सक्छन् ।
– आफ्नो आहारमा फलफूल पर्याप्त समावेश गर्नुस् । यसमा इन्जाइम र अन्य जरुरी पोषण पाइन्छ, जसले दाँतलाई प्राकृतिक तरिकाले नै सफा गर्छ । भिटामिनको मात्रा पर्याप्त भएका फल दाँत मात्रै नभएर समग्र शरीर स्वस्थ राख्नका लागि आवश्यक पर्छ ।
– पानीले प्राकृतिक माउथवासको काम गर्छ । त्यसैले पर्याप्त पानी पिउनुस् । दाँतमा चिया, कफी वा अन्य खानेकुराको दाग रहँदैन । दाँतमा कुनै खराबी देखिएमा तत्कालै दन्त चिकित्सकको सल्लाह लिनुस् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं