सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ ३० गते बुधवारको राशिफल

२०८१ जेठ ३० गते बुधवार, १२ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष षष्ठी तिथि, १९ः३४ बजेपछि सप्तमी । मघा नक्षत्र । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ । पशुपालन र कृषिमा लाभ मिल्नेछ । सन्तान र अनुयायीको साथले उत्साह जगाउनेछ । मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

साझेदारीका समस्या सुल्झाएर अघि बढ्रन सकिनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । अरूको भरपर्दा काम बिग्रने डरले सताउन सक्छ । पहिलेको सम्झौता पुनर्विचार गर्नुपर्ने हुन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । नयाँ काममा जग बसाउने मौका छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

लक्ष्मीको कृपाले मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर खोजी गर्नुपरे पनि आज प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउन सफल भइनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । पहिलेको सफलताले पनि थप काम गर्ने माहोल बन्नेछ । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू समेत बढ्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

धेरै खर्चको माहोल देखिए पनि धैर्यले काम लिँदा फाइदा हुनेछ । तर घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा काममा केही विलम्ब हुन सक्छ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने रचनात्मक काम गर्ने समय छ । बीचमा प्रतिस्पर्धीहरूले हात झिक्ने हुुँदा काम बन्नेछ । दोहोर्याएर प्रयास गर्नुपर्ने देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मन प्रसन्न हुनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ । सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सम्भावना देखिए पनि सोचेजति फाइदा नहुन सक्छ । ताकेको उपलब्धि प्राप्त गर्न मुस्किलै पर्नेछ । धेरै समय अरूका लागि बुद्धि खर्चनुपर्नेछ । चिताएको काम आंशिक रूपमा सम्पादन हुनेछ । आफ्नो उपलब्धिको वस्तुमा अरूले दाबी गर्लान् । विवादास्पद काम गर्नुपरे पनि आजको मिहिनेतले भविष्यमा लाभ दिलाउनेछ । चुनौती सहेर पनि पछिका लागि काममा जुट्नुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रयत्न गर्दा बिस्तारै सफल भइनेछ । तर केही समय अरूका लागि जुट्नुपर्नेछ । केही समस्या परे पनि लक्ष्यमा पुग्न कामलाई निरन्तरता दिनुहोला । नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । अवसरले पछ्याउनेछन् । परोपकारी तथा सेवामूलक काम गर्ने समय छ । कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथमा सहयोगीहरू नहुँदा दुःख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ माहोलमा पुगिए पनि मित्रताको बन्धन कसिलो हुनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । सोखले खर्च बढाए पनि भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ । प्रतिस्पर्धाको दौडमा केही कमजोर सावित भइने समय छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ०५:२५

लोकप्रिय