सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ २९ गते मंगलवारको राशिफल

२०८१ जेठ २९ गते मंगलवार, ११ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष पञ्चमी तिथि, १८ः०८ बजेपछि षष्ठी । अश्लेषा नक्षत्र । चन्द्रराशि कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउनेछ । रोकिएका काम दोहोर्याउनुपर्ने समय छ । पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ । मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ । सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ । कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ । पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । व्यवसायमा मनग्य धनलाभ हुनेछ । नयाँ कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । फजुल खर्च बढ्नेछ । रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

केही रकम हातलागी भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्ना सामानमा अरूले दाबी गर्लान् । अवसरवादीहरूबाट सजग रहनुहोला । तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पछिका लागि गरिएको लगानीले पनि फाइदै दिनेछ । तर आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतले जिम्मेवारी दिलाउनेछ । राम्रो कर्मफलले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर लाभ उठाउने बेला छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला । काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । समयमै गम्भीर नबन्दा समस्यामा परिएला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ । लेनदेनले वादविवाद निम्त्याउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । तर सानोतिनो विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल योजना पूरा नहुन सक्छ । कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन निकै मिहिनेत गर्नुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार ०७:४०

लोकप्रिय