सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ २६ गते शनिवारको राशिफल

२०८१ जेठ २६ गते शनिवार, ८ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष द्वितीया तिथि, १६ः३६ बजेपछि तृतीया । आद्र्रा नक्षत्र । चन्द्रराशि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । छोटो समयमा पनि केही प्रतिफल पाइनेछ । तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन् । गोपनीयताका लागि अलि चनाखो रहनुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा प्रगति हुनेछ भने लेखनमा निखारता आउनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ, मिहिनेत गर्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ । पछिका लागि जग बसाउने समय छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पछिका लागि खर्चनुपर्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ । दिगो योजनाका लागि ऋण, कर्जा लिनुपर्ने हुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । पछिका लागि गरिएको मेहनत र लगानीले फाइदा दिनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । सञ्चित धन खर्चनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पुराना कामको चर्चा हुनेछ र नयाँ काम गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । प्रतिष्ठित काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ । विशिष्ट व्यक्तिहरू नजिकिनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन् । आन्तरिक सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्नुपर्नेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । आलस्य गर्नाले काममा विलम्ब हुन सक्छ । अरूको भरपर्दा लाभ उठाउन नसकिएला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । तर ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्नेछन् । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ । धेरै मिहिनेतले मात्र चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार गर्न भने सकिनेछ । सम्पादित कामबाट थोरै भए पनि धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । तत्काल ठूलो उपलब्धि नभए पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन् । नसोचेको धन प्राप्त हुनाले घरायसी अभाव पूरा गर्न सकिनेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ०७:३७

लोकप्रिय