सूचनाको शक्ति - The Power Of Information

        

दिउँसो सुत्ने बानीले फाइदा कि बेफाइदा ?

हामी मध्येको कतिको बानी दिउँसोको समयमा सुत्ने हुन्छ । बिहान वा साँझ काममा सक्रिय हुनेहरु प्राय दिउँसो सुतेको पाउँछौं । रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् ।

कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ । कतिपयले दिउँसो एक घण्टा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक भएको बताउँछन् । भने कतिपयले चाँही दिउँसो सुत्नु हानिकारक भएको बताउँछन् ।

तर चिकित्सक भन्छन् दिउँसो सुत्नु स्वास्थ्यका लागि फाइदाजनक र हानिकारक दुवै हो । हामी कसरी र कति बेला सुत्छौं त्यो कुराले प्रभाव पार्दश । सामान्यतया शारीरिक रुपमा कडा मिहिनेत गर्ने व्यक्तिहरु दिउँसो एकदुई घण्टा सुत्दा स्वास्थ्यलाई फाइदा गर्दछ भने दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिहरु दिउँसो सुत्नु नै हुँदैन ।

दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ ।

कुन उमेरका मानिसक कति सुत्ने ?

सामान्यतया सबै उमेर समूहका मानिसको लागि ६ घन्टाभन्दा कम सुत्नु भने स्वास्थ्यको लागि राम्रो मानिँदैन । सात वर्षभन्दा मुनिका बालबालिकाको हकमा दिनमा १२ देखि १५ घन्टाको निन्द्रा आवश्यक हुन्छ । ७ वर्षदेखि १३ वर्षसम्मकाको लागि ९ देखि ११ घन्टा सुत्न आवश्यक हुन्छ ।

त्यस्तै, १४ देखि १९ वर्षका किशोरकिशोरीले ८ देखि १० घन्टा सुत्नुपर्छ । वयष्क मानिसहरूले भने ६ देखि ८ घन्टा सुत्नुपर्छ । ६० वर्षभन्दा माथिका वृद्धवृद्धाले हरुको तुलनामा धेरै समय सुत्नुपर्छ । उनीहरूका लागि १० देखि १२ घन्टा निन्द्रा आवश्यक हुन्छ । जहिले मन लाग्यो उहिले सुत्दा कोही मोटाउने कोही दुब्लाउने हुन्छ । निन्द्रा अव्यवस्थित हुने बित्तिकै जीवनशैली नै अव्यवस्थित हुन जान्छ । खानपानको समय मिल्दैन ।

दिउँसो सुत्दा हुने असरहरु

– पाचन प्रणालीमा विभिन्न समस्या देखिन सक्छन् ।
– अल्छीपना बढ्छ ।
– शरीर निष्क्रिय हुन्छ ।
– रोग प्रतिरोधात्मक क्षमता घट्छ ।

दिउँसो सुत्दा हुने फाइदाहरु

– मानसिक थकान टाढा हुन्छ
– दिमागलाई तेजिलो बनाउँछ
– मुटु स्वस्थ रहन्छ
– तनाव घटाउँछ

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार १०:३०

लोकप्रिय