सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ २५ गते शुक्रवारको राशिफल

२०८१ जेठ २५ गते शुक्रवार, ७ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष प्रतिपदा तिथि, १७ः०६ बजेपछि द्वितीया । मृगशिरा नक्षत्र । चन्द्रराशि वृष, ८ः३४ बजेपछि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अग्रज तथा सहयोगी जुट्नाले काम सजिलै बन्नेछ । मिहिनेतले सोचेको लाभ उठाउन सकिनेछ । पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । दिगो व्यवसायको योजना बनाउने समय छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । तापनि बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । दिगो काम अथवा व्यवसायको योजना बनाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । आयस्रोत सबल भए पनि प्रतिफल अरूका हातमा पर्न सक्छ । आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

फुर्सद तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुविधा जुटाउन सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

काममा केही अलमल हुन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । पढाइलेखाइमा समय दिन नसकिए पनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । काम दोहोर्याएर गर्नुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ०६:५८

लोकप्रिय