सूचनाको शक्ति - The Power Of Information

        

डोटीमा जिप दुर्घटना, दुईको मृत्यु, सात जना घाइते

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दार्चुलाबाट कैलाली आउँदै गरेको सुप प्र ०१ ००१ ढ १४८९ नम्बरको जिप डोटी जोरायल गाउँपालिका–१ खडिलामा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना तीन वर्षीया रितिका पार्कीको मृत्यु भएको छ भने अर्की एक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दिप शाहले जानकारी दिएका छन् ।

महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने बालिकाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो । जिपमा चालकसहित नौं जना सवार थिए । ती मध्ये सात जना घाइते छन् । दुर्घटना बिहान करिब ४ः३० बजेतिर भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार १०:०१

लोकप्रिय