सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ २२ गते मंगलवारको राशिफल

२०८१ जेठ २२ गते मंगलवार, ४ जुन २०२४ । ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि । भरणी नक्षत्र । चन्द्रराशि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काममा अनायासै व्यवधान देखा पर्न सक्छ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आयस्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कृषि तथा पशुपालनबाट लाभ हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिबन्धले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । मिहिनेतको नतिजा चित्तबुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेत गर्दा छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ । तर सम्बन्ध बिग्रनाले दुःख पाइनेछ । वादविवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ । व्यवसायमा फाइदा हुनेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ । बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ । तत्काल योजना सार्वजनिक नगर्नुहोला । आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ । दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार ०६:४६

लोकप्रिय