सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ २१ गते सोमवारको राशिफल

२०८१ जेठ २१ गते सोमवार, ३ जुन २०२४ । ज्येष्ठ कृष्णपक्ष द्वादशी तिथि । अश्विनी नक्षत्र । चन्द्रराशि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ । अर्थअभाव खट्किनाले काम पूरा गर्न समस्या पर्नेछ । नियमित काम बीचमा रोक्नुपर्ने स्थिति आउन सक्छ । आफन्त र परिवारबाट टाढा भइनेछ । साथीभाइसँग असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम सम्पादन हुनेछ भने जिम्मेवारी समेत बढ्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । समय र कामको तालमेल नहुँदा केही पछि परिनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन् । उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला । तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ । फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । नियमित कामलाई निरन्तरता दिन सकिनेछ । जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ । काममा धन र श्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

समय लागे पनि काम बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । व्यापारमा आम्दानी बढाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला । निर्णय लिन अलमल गर्दा काममा पछि परिनेछ । छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

फाइदा मात्र हेर्दा आलोचित भइनेछ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । प्रतिस्पर्धामा उत्रनुपर्ला । सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ०५:४५

लोकप्रिय