सूचनाको शक्ति - The Power Of Information

        

शोभाको ‘भित्री बस्त्र’ चोरी, प्रहरीमा उजुरी !

काठमाडौं नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकले आफ्नो अपार्टमेण्टमा चोरी भएको जनाउँदै प्रहरी गुहारेकी छिन् । निर्भयबाबु प्रसाईं, किरण लामिछाने लगायतले आफ्नो अपार्टमेण्टमा घुसेर चोरी गरेको भन्दै उनले प्रहरी वृत्त, नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् ।

उनले आज ‘चोरीडकैती’को जाहेरी दिएको वृत्तका एक प्रहरी अधिकृतले बताए । ‘यो घटना डेढ महिना अगाडिको रहेछ । उहाँ त्यहाँ बस्दै आउनुभएको भए पनि एग्रिमेण्ट चाँहि अर्को व्यक्तिले गर्नुभएको रहेछ । ती व्यक्तिले उहाँको सामान निकालेर अर्कोलाई भाडामा दिइसकेको पाइयो । उहाँले आफ्नो अपार्टमेण्टमा चोरी भएको भन्दै हिजो हामीलाई जानकारी गराउनुभयो । आज निवेदन लिएर आउनुभएको छ,’ उनले भने ।

यता, पाठकले सामाजिक सञ्जालमार्फत् चोरहरुले आफ्नो ‘ब्रा पेन्टी’समेत नछाडेको बताएकी छन् । फेसबुकमा उनले लेखेकी छन्, ‘मेरो मोबाइल, डकुमेण्ट त चोरे चोरे केही छ भनेर चोरेका होलान् तर आज अपार्टमेण्टको ढोकै फोरेर ब्रा पेन्टी धरी नराखी चोरेको कसलाई दिन होला । अब ज्यानै खान्छन् मेरो । अनि नेपाल सरकार यस्तालाई नपक्रिने कति निरीह सरकार छ । गुण्डागर्दी कहिलेसम्म ।’

आज जाहेरी दर्ता गर्न जाँदा प्रहरी कार्यालयमै आफूमाथि आक्रमण गर्न खोजिएको पाठकले बताएकी छन् । ‘म त्यो अपार्टमेण्टमा नगएको धेरै भइसक्यो । हिजो पो मेरो सबै सामान चोरी भएको थाहा भयो । यतिसम्म कि ब्रा पेन्टी र चप्पल पनि छैन । म जाहेरी दिन आज प्रहरी कार्यालय आएकी छु । केही व्यक्तिहरु आएर यहिँ ममाथि आक्रमण गर्न खोज्नुभएको हो । अहिले मलाई एउटा छुट्टै कोठामा राखिएको छ । यहाँ अलिक तनावपूर्ण अवस्था छ,’ उनले भनिन् ।

बिजुलीबजारस्थित सनसाइन् अपार्टमेण्टमा बस्दै आएकी पाठकमाथि यसअघि पनि आक्रमणको प्रयास भएको थियो । लामो समय ‘लिभिङ टुगेदर’ मा रहेका भनिएका बस्नेत र पाठकबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । बस्नेतले ‘गुण्डा’ लगाएर आफूमाथि आक्रमण गराएको आरोप लगाएकी पाठकले उनीविरुद्ध यसअघि ‘भ्रण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतवार ०६:२४

लोकप्रिय