सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ १८ गते शुक्रवारको राशिफल

२०८१ जेठ १८ गते शुक्रवार, ३१ मे २०२४ । ज्येष्ठ कृष्णपक्ष अष्टमी तिथि, ८ः४७ बजेपछि नवमी । शतभिषा नक्षत्र, प्रातः ५ः५१ बजेपछि पूर्वभाद्रपदा । चन्द्रराशि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन उत्साहवर्द्धक रहनेछ । आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन होला । मिहिनेतले आम्दानी बढाउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन् । होसियारीसाथ काममा जुट्नुहोला । शुभचिन्तकहरूले पनि सामान्य सहयोग जुटाउनेछन् । सामाजिक कामको जिम्मेवारी बढ्नेछ । हतारको निर्णय त्रुटिपूर्ण हुन सक्छ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ । वादविवादले साथीभाइमा असमझदारी निम्त्याउनेछ । निम्तो आए पनि भेटघाट गर्न केही समय प्रतीक्षा गर्नुहोला । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । व्यापारको बहानामा यात्राको अवसर भने जुट्न सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । कामको मेसो नमिल्दा बुद्धिको उपयोग गर्नुहोला । अरूको विश्वास जित्न केही समय लाग्नेछ । तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ । मिहिनेत नपुग्दा अध्ययनमा प्रगति नहुन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । धेरै फाइदा नहुने काममा समय बित्नेछ । नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन् । गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

करकापमा परी काममा जुट्नुपरे अवस्था रहनेछ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ०८:०५

लोकप्रिय