सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थको मूल्य बढ्ने, सरकारले थप्यो कर

सरकारले पेट्रोलियम पदार्थमा कर थप गरेको छ । आगामी आवका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियम पदार्थमा कर थप गरेका हुन् ।

थप गरिएको करलाई उनले हरित कर नाम दिएका छन् । कोइलामा पनि सरकारले पैठारी बिन्दुमा नै कर लगाउनेछ ।

‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाएको छु,’ बजेटमा लेखिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १८:१७

लोकप्रिय