सूचनाको शक्ति - The Power Of Information

        

बजेटमा नयाँ कार्यक्रम, ‘जनकपुरमा बिहे’देखि लोकल रक्सी ब्रान्डिङसम्म

सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषणमा केही नयाँ कार्यक्रम ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले ती कार्यक्रमहरू घोषणा गरेका हुन् ।

बजेटमा केही नयाँ कार्यक्रम, केही सुधारका कार्यक्रम र निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम आएको हो ।

ती मध्ये केही नयाँ कार्यक्रम यस्ता छन् ।

  • सरकारी कार्यालयमा विदेश गलैँचा प्रयोगमा रोक ।
  • बनेपामा फिल्म स्टुडियो सुरु गरिने, दोलखाको फिल्म सिटी बनाइने निजी साझेदारीमा ।
  • सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गरिने ।
  • लोकल रक्सीको ब्रान्डिङ गर्न कानुन बनाउने ।
  • गाँजाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने सरकारको घोषणा ।
  • पर्यटक लक्षित जनपुरमा बिहे र लुम्बिनीमा बच्चा जन्माउने हब विकास गर्ने ।
  • मौलिकता र मूल्य मान्यता झल्किने समुदायको कथन बालबालिकालाई सुनाइने ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १८:०२

लोकप्रिय