सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आर्थिक बर्ष २०८१–०८२ मा ५७ अर्ब रूपैँया बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब रूपैँया बजेट विनियोजन गरेको छु ।’
अर्थमन्त्रीले मन्त्रालयलाई उक्त रकम विनियोजन गरेको सुनाएपछि बैठकमा सहभागी मन्त्री ज्वालाकुमारी साह मुस्कुराएकी थिइन् । आगामी वर्षका लागि कृर्षिलाई महत्व दिने बताउँदै आएको सरकारले चालु आर्थिक वर्षको तुलनामा कृषि क्षेत्रका लागि सरकारले झण्डै एक अर्ब घटाएर बजेट छुट्याएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं