सूचनाको शक्ति - The Power Of Information

        

सरकारले चालुतर्फ घटाएर पुँजीगत खर्च बढायो

सरकारले चालुतर्फको बजेट घटाएर पुँजीगततर्फको खर्च बढाएको छ । चालु वर्षको तुलनामा आगामी वर्षको पुँजीगत खर्च बढाएर चालु खर्च घटाएको हो ।

चालु वर्षका लागि सरकारले तीन खर्ब दुई अर्ब सात करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको थियो । आगामी वर्ष भने तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको हो । आगामी वर्ष चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गत वर्षको तुलनामा एक अर्ब रुपैयाँ चालु खर्च घटाइएको छ । चालु वर्षका लागि सरकारले ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १७:४७

लोकप्रिय