सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्रको विकास गरिने

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा रहेको भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्र रूपमा विकास गरिने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत अर्थमन्त्री पुनले यसको घोषणा गरेका हुन् । यस्तै, वीर अस्पतालमा जलन सघन उपचारका लागि आधुनिक उपचार सञ्चालन गरिने छ । यसका साथै कीर्तिपुरस्थित बर्न अस्पतालको स्तरोन्नति गरिने छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १७:०६