रक्षा मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ५९ अर्ब ८७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
आगामी आर्थिक वर्ष नेपाली सेनालाई प्रविधियुक्त, दक्ष र व्यवसायी बनाउने लक्ष्य राखिएको उनले जनाए । आगामी वर्ष नेपाली सेनाको बंकर टु ब्यारेक कार्यक्रमको लागि एक अर्ब ५० करोड रुपैयाँ रकम बजेट छुट्टयाइएको उनले बताए ।
“राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यन्वयन गरिनेछ,” अर्थमन्त्री पुनले जनाए । आगामी आर्थिक वर्ष नेपाली सेनाले सञ्चालन गरिरहेको राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय तहसम्म लैजाने पनि उनले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं