सूचनाको शक्ति - The Power Of Information

        

रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड बजेट

सरकारले रेल मार्गको विकास लागि तीन अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् ।

जयनगर बर्दिवास रेलमार्गअन्तर्गत डिजलपुरा–बर्दिवासखण्ड तथा वथनाह–विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गरिने उनले बताए । पूर्वपश्चिम रेलमार्गको बर्दिवास–चोचाखण्डको निर्माणाधीन कार्य सम्पन्न गरिने पनि उनले जानकारी दिए । यसै वर्ष केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन सम्पन्न गरिने पनि उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:५२

लोकप्रिय