सूचनाको शक्ति - The Power Of Information

        

विज्ञान प्रविधिको दशक घोषणा, शिक्षा मन्त्रालयको बजेट दुई खर्ब तीन अर्ब ६६ करोड

सरकारले वि.सं. २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधिको दशकका रूपमा कार्यान्वयन गर्ने भएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् ।

उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका निम्ति दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको पनि बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:३९

लोकप्रिय